नेशनल फण्ड म्यानेजमेन्ट आईपीओ निष्कासनको तयारीमा

भक्तपुर न्यूज

९ जेठ २०८१ ७:२३

नेशनल फण्ड म्यानेजमेन्ट आईपीओ निष्कासनको तयारीमा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।

उक्त सभामा चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने तथा प्रिमियममा आईपीओ जारी गर्ने र कम्पनीको रु.५० प्रति सेयरको २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *