बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार
काठमाडौं । बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ ।
नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी उपहार हस्तान्तरण गरेकी हुन् ।
सुनकलाई टी-२० विश्वकपमा खेल्ने जर्सी उपहार स्वरुप प्रदान गरिएको हो । जर्सी उपहार पाएसँगै सुनकले खुशी व्यक्त गरेका थिए । नेपाल र बेलायतबीच १९२३ डिसेम्बर २१ मा एउटा सन्धि भएको थियो ।
जुन नेपालको इतिहासमै महत्त्वपूर्ण थियो । यो सन्धिका माध्यमले पहिलोपटक बेलायतले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र रहेको घोषणा गर्दै यसलाई सार्वभौम सत्ता सम्पन्न मुलुकका रूपमा मान्यता दिएको थियो ।
प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६