कोलकाता नाइट राइडर्स आइपिएलको फाइनलमा
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। गएराति सनराइजर्स हैदरावादमाथि सहज जित निकाल्दै कोलकाताले फाइनलमा स्थान पक्का गरेको हो।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताल २ विकेट मात्र गुमाएर १३.४ ओभरमै पार गर्यो। त्यस क्रममा वेंकटेश ऐयर र कप्तान श्रीयास ऐयर अर्धशतक बनाउँदै नट आउट रहे।
वेंकटेशले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५१ रन बनाउँदा कप्तान श्रीयासले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन जोडे। त्यसअघि ओपनर रमनउल्लाह गुर्बाजले १४ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए। अर्का ओपनर सुनिल नारायणले १६ बलमा ४ चौका प्रहार गरी २१ रन जोडे। बलिङतर्फ हैदरावादका प्याट कमिन्स र नटराजनले १/१ विकेट लिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८