काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला
काठमाडौं । काठमाडौं कागेश्वरी मनहरा नगरपालिका- ५ थलीमा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका- ५ छालिङका कृष्ण नगरकोटीको शव फेला परेको हो।
मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ। नगरकोटी मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला गरेका थिए।
उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा शंकास्पद अवस्थामा फेला परेको थियो।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
