कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

भक्तपुर न्यूज

८ जेठ २०८१ ४:५२

कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं । चितवनको इच्छाकामना–४ कुरिनटारमा माइक्रोबस र टिपर आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्नेक्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *