सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१ ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ज्यान गुमाएका दुवै जनाको परिचय खुलिसकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
