भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’ आजदेखि सुरु हुने
काठमाडौं । एपीवान टेलिभिजनले प्रशारण रोकेपछि बन्द भएको भूषण दाहालको चर्चित टिभी कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को फेरि सुरु हुने भएको छ । हिमालय टिभीमा आजबाट प्रशारण हुन लागेको हो । राति ८ बजे ग्रान्ड प्रिमियर हुने जनाइएको छ ।
दाहालले दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिमा ल्याउन लागेका हुन् । उनले यसलाई ‘न्युज डकुमेन्ट्री शो’ बताएका छन् । कार्यक्रममा राजनीति मात्र नभई भेराइटी धेरै हुने बताइएको छ । सिजन २ कम्तीमा एक वर्ष चल्ने छ । यसअघि १२५ एपिसोडसहित दुई वर्ष चलेको थियो ।
यो टेलिभिजन कार्यक्रमलाई साझा कथा र दाहालले मिलेर उत्पादन गर्दैछन् । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ भने ‘साझा कथा’ युट्युब च्यानलबाट पनि स्ट्रिमिङ हुनेछ ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५