नेप्से परिसूचक ४५.६९ अंकले बढ्यो, ५ अर्ब २५ करोडको कारोबार

भक्तपुर न्यूज

६ जेठ २०८१ १०:०९

नेप्से परिसूचक ४५.६९ अंकले बढ्यो,  ५ अर्ब २५ करोडको कारोबार

काठमाडौंं । साताको पहिलो कारोबारका दिन आइतबार दोहोरो अंकले नेप्से सूचक बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढे ।

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो ।

माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *