जर्जियाकी राष्ट्रपतिले लगाइन् ‘फरेन एजेन्ट’ विधेयकमा भिटो

भक्तपुर न्यूज

६ जेठ २०८१ ८:४३

जर्जियाकी राष्ट्रपतिले लगाइन् ‘फरेन एजेन्ट’ विधेयकमा भिटो

काठमाडौंं । जर्जियाकी राष्ट्रपति सालोमे जोउराबिच्भिलीले विवादास्पद ‘फरेन एजेन्ट’ विधेयकमाथि भिटो लगाएकी छिन् । संसदले विधेयकलाई पारित गरेयता देशभरमा विधेयकको विरोधमा व्यापक विरोध प्रदर्शन भइरहेको थियो । जोउराबिच्भिलीले यस अघि नै विधेयक उल्ट्याउने वाचा गरेकी थिइन् । उनले लगाएको भिटोलाई संसदले सामान्य बहुमतले उल्ट्याउन सक्नेछ ।

मंगलबार भएको मतदानमा विधेयकको पक्षमा ८४ र विपक्षमा ३० मत खसेको थियो । विदेशबाट २० प्रतिशतभन्दा धेरै लगानी पाउने संघसंस्थाहरुले आफूलाई विदेशी एजेन्टको प्रभावका रुपमा दर्ता गराउन होइन भने जरिवाना बेहोर्ने व्यवस्था विधेयकले गरेको छ ।

विरोधीहरुले जर्जियाले रुसको देखासिकी गरेर सो विधेयक बनाएको आरोप लगाइरहेका छन् । यो विधेयकले जर्जियालाई ईयूको सदस्य राष्ट्र रहिरहन रोक्न सक्ने जोउराबिच्भिलीको भनाइ छ । ईयूले पनि यस्तै खालको चेतावनी दिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *