सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने नियुक्त
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने नियुक्त भएका छन् । सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौं आएका न्यौपानेलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई दिइएको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७