कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ नियन्त्रणमा
काठमाडौं । कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ नियन्त्रणमा लिएको छ। गहुँसँगै ठूलो परिणाममा भन्सार छलीको सामान नियन्त्रणमा लिएको प्रहरीले हो।
जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । सामान ढुवानीमा संलग्न भने फरार छन्।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
