कांग्रेसले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

भक्तपुर न्यूज

४ जेठ २०८१ ७:३५

कांग्रेसले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलले केही समय माग गरेकाले प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।

शुक्रबार बिहान संसदीय दलको बैठक सकिएलगत्तै कांग्रेस विपक्षी दलसँग छलफलमा जुटेको हो। कांग्रेसले अहिले सिंहदरबारमा विपक्षी दलहरूसँग छलफलमा जुटेको छ। उसले पछिल्लो समय सृजित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी दलहरूसँग संयुक्त रुपमा छलफल गरिरहेको जनाइएको छ।

बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ। यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो। छानबिन समिति गठनमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न सकेको छैन। कांग्रेस आफ्नो अडानबाट हट्ने पक्षमा छैन भने सत्ता पक्ष छानबिन समितिमा सहमत छैन।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *