सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँचले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय निर्धारण भएको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८