हैदराबाद र गुजरातबिचको खेल वर्षाका कारण रद्द, हैदराबाद ‘प्लेअफ’मा

भक्तपुर न्यूज

४ जेठ २०८१ ५:२६

हैदराबाद र गुजरातबिचको खेल वर्षाका कारण रद्द, हैदराबाद ‘प्लेअफ’मा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को समूह चरणअन्तर्गत बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिचको खेल वर्षाका कारण रद्द भयो। यद्यपि अंक बाँड्दा सनराइजर्स हैदराबादले ‘प्लेअफ’मा स्थान बनाउन सफल भयो। योसँगै प्लेअफ पुग्ने तीन टिमको तय भएको छ। अब अर्को एक टिमका लागि चेन्नई र बैंगलोरबिचको खेलनै निर्णायक हुने पक्का भएको छ।

बिहीबार हैदराबाद र गुजरातबिच वर्षाका कारण खेल नतिजाविहीन हुँदा हैदराबादलाई फाइदा भयो। अब अन्तिम खेलमा पञ्जाबलाई हराएमा हैदराबाद दोस्रो स्थानमा रहँदै क्वालिफायर एक खेल्ने सम्भावना रहने छ। यो नतिजासँगै खराबर रनरेटका कारण अब दिल्लीपनि औपचारिक रूपमा बाहिरिएको छ। उसको १४ खेलबाट ७ जित र ७ हारसहित १४ अंक छ। उसको रनरेट चेन्नई र बैंगलोर भन्दा खराब रहेको छ। यस्तोमा अब यी दुई टिमनै प्लेअफमा पुग्नका लागि सर्वाधिक उच्च दाबेदार हुन्।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *