स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जितको छ । स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित भएको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गराए । जितसँगै यो सिजन बार्सिलोना दोस्रो स्थानमा रहने सुनिश्चित भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाटै तेस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ । पराजित अल्मेरिया १७ अंकसहित पुछारमा छ ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६