फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
काठमाडौं । फोर्ब्स म्यागजनिले सार्वजनिक गरेको ३० वर्षमुनिका ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी परेकी छिन्। बिहीबार सार्वजनिक सूचीमा उनी सामाजिक प्रभावका लागि छनोट भएकी हुन्।
उनी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक हुन्। उनको संस्था ‘ह्याप्पी माइन्ड्स’ले प्रत्यक्ष उपस्थिति र अनलाइनबाट मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिने काम गर्छ।
लन्डनमा अध्ययन पूरा गरेपछि गिरी नेपाल फर्किएकी हुन्। उनी नेपालमा रहेको मानसिक रोगसम्बन्धी चुनौतीहरु बिरुद्ध लड्न नेपाल फर्किएको बताउँछिन्। यो संस्थाले २०२२ मा सार्क स्टार्टअप अवार्डमा नेपालबाट बेस्ट न्युकमर चुनिएको थियो भने गिरीले सन् २०२३ मा बैंककमा भएको युथ को को-ल्याबमा प्रतिनिधित्व गरेकी थिइन्।
प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६