‘द ग्रेट इण्डियन कपिल शर्मा शो’ मा बेलायती पपस्टार एड सिरन

भक्तपुर न्यूज

३ जेठ २०८१ ८:२४

‘द ग्रेट इण्डियन कपिल शर्मा शो’ मा बेलायती पपस्टार एड सिरन

काठमाडौं । ग्रामी अवार्ड विजेता बेलायती गायक एड सिरन कपिल शर्माको नेटफ्लिक्स शो ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’मा अतिथिको रुपमा सहभागी हुने भएका छन् । सार्वजनिक गरिएको नयाँ एपिसोडमा सिरन कपिलको उक्त शोमा पुगेको देखिएको छ ।

प्रोमोको छोटो दृश्यमा एडले आफ्नो बहुचर्चित गीत ‘सेप अफ यु’लाई भारतीय टचमा गाउँदै गरेको देखिन्छ । यस बाहेक उनले बलिउड अभिनेता शाहरुख खानको आइकोनिक पोज रिक्रिएट गरेको पनि देखिन्छ ।

दुई महिनाअघि पनि मुम्बई पुगेका गायक सिरनले केही बलिउड सेलिब्रेटीसँग पार्टी गरिरहेको देखिएको थियो । शाहरुखले आफ्नो इन्स्टाग्राममा सिरनसँगको भिडियो सेयर गरेका थिए । सो भिडियोमा शाहरुख आफ्नो सिग्नेचर पोजमा देखिएका थिए ।

सिरनको यो दोस्रो भारत भ्रमण हो । सन् २०१७ मा पनि भारतमा आएका सिरनले त्यतिबेला कन्सर्ट गरेका थिए । सिरनले सन् २०१६ मा ‘वर्षगीत’ र ‘बेस्ट पप सोलो पर्फमेन्स’ विधामा ग्रामी अवार्ड जितेका थिए ।

प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *