सिराहामा जग्गाको सीमा विवादमा कोदालोले हानेर छिमेकीको हत्या
काठमाडौं । सिराहाको अर्नमाका एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको आज बिहान हत्या भएको हो। सोही ठाउँका ५५ वर्षीय बाचाई महतोले जग्गाको सीमा विवादमा बुधरामको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
हत्यापछि बाचाई फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान खेतमै उनीहरुबीच सीमा विवाद चर्किएको थियो। सोही विवादमा बाचाईले बुधारामलाई कोदालो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५