सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाकै एक लाख ४० हजार पुग्यो

भक्तपुर न्यूज

३ जेठ २०८१ ५:५०

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाकै एक लाख ४० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले हालसम्मकै उच्च कायम भएर नयाँ रेकर्ड बनेको छ ।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *