अनमोल र जसिताको ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने

भक्तपुर न्यूज

२ जेठ २०८१ ६:४९

अनमोल र जसिताको ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने

काठमाडौं । अनमोल केसी स्टारर फेन्टासी-ड्रामा ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने भएको छ । निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा आउने जनाएको छ ।

अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकी वितरक प्याट्रिक सुवेदीले अमेरिकाका धेरै सहरमा फिल्म लाग्ने जनाएका छन् । अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले यसलाई रिलिज गर्दैछ ।

अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा फिल्म लाग्ने उल्लेख छ । यो फिल्मलाई मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्दैछन् । जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि फिल्म लाग्ने तय छ । भारत प्रदर्शनबारे भने केही दिनमा तय हुने जनाइएको छ ।

पछिल्लो समय नेपाली फिल्म घरेलु बजारसहित विश्वव्यापी प्रदर्शनमा आउने क्रम जारी छ । सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोलसहित जसिता गुरुङको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरलाई तीन सातामै ३१ लाख पटक हेरिएको छ । शीर्ष गीतलाई १५ लाख पटक हेरिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *