दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मंगलबार साँझ बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ स्थित ओदाले घाटमा पदमपुरका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेशको मृत्यु भएको हो ।
भारभा बसेर पढ्दै आएका उनीहरू केही समयअघि घर आएपछि फूपूको घर गएका थिए । बबई ५ का वडाध्यक्ष पदम श्रीसका अनुसार पौडने क्रममा पहिले भाइ डुबेपछि दाइ उद्धार गर्न गएका थिए ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको बताए । उनीहरूका परिवार कामको सिलसिलामा भारतमा थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६