टोटनहमलाई २-० ले हराउँदै म्यानचेस्टर सिटी उपाधि नजिक
काठमाडौं । इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ। जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ। नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे। यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ।
लिगमा अब एकै चरणका खेल मात्र बाँकी छ। अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको सामना गर्नेछ भने आर्सनल एभर्टनसँग भिड्नेछ। अन्तिम खेलमा विजयी रहे सिटीलाई अर्को खेलमा आर्सनलको नतिजाको कुनै अर्थ रहने छैन। अहिलेसम्म इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा कुनै टिमले लगातार चार पल्ट लिग उपाधि जितेको इतिहास छैन।
प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७