दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, चार अर्बभन्दा बढीको कारोबार

भक्तपुर न्यूज

१ जेठ २०८१ १०:१५

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, चार अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको हो ।

यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३.४४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *