इतिहासकार ज्ञानमणि नेपालको निधन
काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मध्याह्न निधन भएको हो।
मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार चलिरहेको थियो। गत शुक्रबार उनलाई सिभिल अस्पताल, गंगालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो। उनका दुई छोरा छन्।
प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
