सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई पाँच हजार जरिवाना

भक्तपुर न्यूज

२८ वैशाख २०८१ १०:४७

सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई पाँच हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिकाले सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई जरिवाना गरेको छ । ललितपुर-२५ भैसेपाटी बस्ने लालबहादुर लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।

लामाले सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएको पाइएको छ । अबदेखि त्यस्तो कार्य नगर्न भनी हस्ताक्षर गरेर लामालाई जरिवाना गरिएको हाछेथुले बताए ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *