कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ९:१९

कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग एक लाख २० हजार घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले यही वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पालमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा एक लाख २० हजार बिगो मागदाबी गरेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *