आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ थियो।
यसैगरी तेजाबी सुन तोलाको १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ३४ हजार ९५० रुपैयाँ थियो। चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६८५ रुपैयाँ रहेको चाँदी १ हजार ७३५ रुपैयाँ पुगेको छ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५