युनिलिभरको नाफा ३० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी नै २ हजार बढी

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ५:१०

युनिलिभरको नाफा ३० प्रतिशत बढ्यो,  प्रतिसेयर आम्दानी नै २ हजार बढी

काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी रहेको युनिलिभर नेपालको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा नाफा ४८ करोड ६१ लाख रुपैयाँ छ ।

गत आवको यसै अवधिमा खुद नाफा ३७ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीले खर्च केही नियन्त्रण गर्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल खर्च १ अर्ब ५४ करोड रहेकोमा अहिले सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ छ । कुल आम्दानी पहिले २ अर्ब २ करोड रहेकोमा अहिले २ अर्ब ६ करोड छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार २०२ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ । रिटेन्ड अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ३८ हजार ४ सय रुपैयाँ छ ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *