प्रधानमन्त्री दाहाल गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न आज सल्यान जाँदै छन् ।
दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट सल्यान जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आउने भएपछि दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।
त्यहाँ रहदा जाजरकोट भूकम्पबाट प्रभावित भएका दार्मा गाउँपालिकाका बासिन्दासँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२