इलाममा पिकअप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भिर घाइते
काठमाडौं । इलाममा भएको पिकअप दुर्घटनामा सहचालकको मृत्यु भएको छ । चालक गम्भिर घाइते भएका छन् । इलाम–५ को सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गोरु बोकेको पिकअप गएराति २ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो । गाडी चालक इलाम–४ का २० वर्षीय अभिषेक तिवारीको उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७