बालमन्दिर जग्गा हिनामिना प्रकरण : संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

भक्तपुर न्यूज

२७ वैशाख २०८१ ६:४८

बालमन्दिर जग्गा हिनामिना प्रकरण : संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

अनाथ र सहाराबिहीन बालबालिकाका लागि सरकारले जोहो गरिदिएको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने पूर्वपदाधिकारीदेखि त्यो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी गरिएको हो।

बिहीबार काठमाडौं जिल्ला अदालतले बाल संगठनका तत्कालीन पदाधिकारी, सम्झौतामा जोडिएका साक्षी र बाल संगठनबाट जग्गा लिजमा लिएर बृहस्पति स्कुल सञ्चालन गरिरहेको व्यवापारिक घराना विशाल ग्रुपका सदस्यहरुविरुद्ध पक्राउ पुर्जी जारी ग्रेको छ। उनीहरूविरूद्ध बाल संगठनले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दिएको थियो।

त्यसकै आधारमा सीआईबीले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्न बिहीबार नै अदालतसमक्ष अनुमति मागेको थियो। बाल संगठनको यो जग्गा हिनामिना सम्बन्धी विस्तृत विवरण उकालोले उजागर गरेको थियो।

प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *