मानव तस्करीमा संलग्न रहेकाे अभियाेगमा ललितपुर बस्ने चौधरी पक्राउ
काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ ।
चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।
चौधरीले पीडितलाई ब्राजिल लैजान फिलिपिन्स पुर्याएकामा त्यहाँको अध्यागमनले फर्काएपछि पुनः दिल्ली पुर्याई होटलमा बन्धक बनाएको र पीडितले ३९ लाख रुपैयाँ बुझाएपछि मुक्त गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेकाे ढकालले बताए ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९