सलोन र करिश्मालाई पुत्रीलाभ
काठमाडौं । अभिनेता सलोन बस्नेत छोरीको बाबु बनेका छन्। बुधबार मातातीर्थ औंसीको दिन सलोनकी पत्नी करिश्मा केसीले ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।
प्रसव पीडा सुरु भएपछि मंगलबार राति करिश्मालाई अस्पताल भर्ना गरिएको थियो। सलोनका बाबु शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको छ। गत वर्ष विवाहको पहिलो वर्षगाँठको अवसरमा सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको सार्वजनिक गरेका थिए।
उनीहरुले छोरी भए ‘सलोमा’ नाम राख्ने समेत बताएका थिए। करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई २०७९ सालको मंसिर १२ गते उनीहरुले विवाहमा परिणत गरेका थिए।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७