नेप्सेले रोक्यो सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार
काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो।सो निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको सूचना नेप्से मार्फत जारी गरेको छ।
नेप्सेले बजारको स्वच्छतामा आँच आएकोले उसको कारोबार रोक्नु पर्ने आवश्यकता देखिएको र त्यस बिषयमा के गर्ने भनेर उसले बोर्डको सुझाव मागेको छ। लगानीकर्ताले भने सोमबारको कारोबार रद्द गर्नु पर्ने माग राखेका छन्। कारोबार रद्द गर्ने र नगर्ने बिषयमा भने नेप्सेले कुनै निर्णय गरेको छैन।धितोपत्र बोर्डको सल्लाह अनुसार कारोबार रद्द गर्ने नगर्ने बिषयमा निर्णय लिने नेप्सेले जानकारी दिएको छ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५