सिटिजन् लाइफ इन्स्यारेन्सले २६.९८ प्रतिशत लाभांश दिने
काठमाडौं । सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीहरुलाई २५.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश दिने भएको हो ।
हाल कम्पनीको कूल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सो बराबर कम्पनीले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ६३ पैसा नगद लाभांशका रूपमा वितरण गर्नेछ ।
२०८० वैशाख २३ गते बसेको कम्पनी सञ्चालक समितिको १०६ औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । यस लाभांश नियामक नेपाल बिमा कम्पनीबाट स्वीकृत भएसँगै कम्पनीको आगामी वार्षिक साधारणबाट पारित भए पनि सेयर धनीहरूमा वितरण हुनेछ ।
प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९