नेकपा एसका नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगे अर्थमन्त्री पुन

भक्तपुर न्यूज

२४ वैशाख २०८१ ५:३०

नेकपा एसका नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगे अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् । मन्त्री पुन खनाल भेट्न डल्लु पुगेका हुन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन नेता खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टी भित्र खनाल वर्तमान सत्ता समिकरण जोगाउनु पर्ने पक्षमा छन् । अध्यक्ष माधव नेपालले जसपा फुटको असरबाट पार्टी जोगाउन पहल गरिरहेका बेला अर्थमन्त्री पुनले नेता खनाललाई भेटेका छन् ।

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *