प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’ निर्माणको घोषणा, भदौदेखि सुटिङ

भक्तपुर न्यूज

२३ वैशाख २०८१ १०:५२

प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’ निर्माणको घोषणा, भदौदेखि सुटिङ

काठमाडौं । चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् । उनले बनाउने फिल्मको नाम ‘वसन्त’ राखिएको छ । काठमाडौंको कमलादीमा आइतबार एक कार्यक्रमबीच गरिएको उक्त घोषणा अनुसार प्रकाश सपुत अभिनेताका रुपमा रहने भएका छन् ।

यो फिल्मको कथा, निर्देशन र संगीत प्रकाशकै रहने बताइएको छ । यस फिल्मको सुटिङ आगामी भदौदेखि थालिने भएको छ । यो फिल्मको नायिकामा स्वस्तिमा खड्का फाइनल भएकी छन् । फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको अभिनय रहने छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । यो फिल्म २०८१ को चैते दशैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *