गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश’ सार्वजनिक

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ७:५३

गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश’ सार्वजनिक

काठमाडौं । गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द, सङ्गीत रहेको गीतमा गायिका भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् ।

गीतको भिडियोमा सुरेश कोहली, अस्मिता रणपालको अलवा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार भिडियोमा एक जोडी प्रेमीको प्रेमकथा देखाउन खोजिएको छ ।अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गायिका भट्टराई लोकदोहोरी, लोकपप तथा आधुनिक गीत गायनमा पनि चिनिँदै आएकी छन् ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *