दोस्रो सन्तानका अभिभावक बने अनुष्का र विराट, नाम राखे ‘अकाय’

भक्तपुर न्यूज

९ फागुन २०८० ६:१०

दोस्रो सन्तानका अभिभावक बने अनुष्का र विराट, नाम राखे ‘अकाय’

काठमाडौं । भारतीय स्टार क्रिकेटरविराट कोहली र बलिउड स्टार अनुष्का शर्मा छोराका बाआमा बनेका छन्। पाँच दिनअघि लन्डनमा उनीहरुको छोराको जन्म भएको हो। यसका जानकारी उनले मंगलबार राति मात्रै दिएका छन्।

जहाँ उनीहरुले भनेका छन्, ‘तपाईंको शुभेच्छा सदा छँदैछ। कृपया हाम्रो प्राइभेसीलाई ख्याल गरि दिनुहोला।’ उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा ‘टू बी बर्न इन लन्डन’ लेखेका थिए। त्यसैले लन्डनमा उनीहरुले सन्तानलाई जन्म दिएको बताइएको छ।

छोराको नाम अकाय राखिएको छ। यसको अर्थ पूर्ण चन्द्रमाको रोशनी वा निराकार भन्ने हुन्छ। साउथ अफ्रिकी क्रिकेटर एबी डिबिलियर्सले आफ्नो युट्युबमा कोहली पिता बन्न गइरहेको बताएका थिए। यही कारण कोहलीले इंग्ल्यान्डबिरुद्धको खेलमा ब्रेक लिएका थिए। एजेन्सी

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय