फिल्म ‘रूखान’ मा मुख्य भूमिकामा नीति शाह अनुबन्धित

भक्तपुर न्यूज

९ फागुन २०८० ६:०५

फिल्म ‘रूखान’ मा मुख्य भूमिकामा नीति शाह अनुबन्धित

काठमाडौं । सविर श्रेष्ठको निर्देशन रहने फिल्म ‘रूखान’ मा मुख्य भूमिकामा नीति शाह अनुबन्धित भएकी छन्। बुधबार निर्माण टिम र नीतिबीच औपचारिक सम्झौता भएको हो। फिल्मलाई लिएर आफू उत्साहित रहेको नीतिले बताइन्। फिल्ममा उनी एक विद्रोही महिलाको भूमिकामा देखिँदैछिन्।

नीतिको यो दोस्रो फिल्म हो। उनले हालै फिल्म ‘खजुरे ब्रो’ को छायांकन सकाएकी छन्। ‘रूखान’ नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माण टिमको छ। कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्ने फिल्ममा रूपक घिमिरेको कथा छ।

फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ। यो फिल्म सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस प्राली र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय