अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु

भक्तपुर न्यूज

९ फागुन २०८० ५:४०

अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु

काठमाडौं । अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। प्रहरी चौकी, सिउँडीका अनुसार मृत्यु हुनेमा डोटी पूर्वचौकी–४ को १८ महिनाका बालक किसान खड्काको छन्।

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय