त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त हुने

भक्तपुर न्यूज

८ फागुन २०८० ८:०३

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त हुने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसहितको सिफारिस समितिले गत आइतबार त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उपकुलपति नियुक्तका लागि बुढाथोकीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये बुढाथोकीलाई त्रिविको उपकुलपतिको जिम्मेवारी दिने निर्णय प्रधानमन्त्री प्रचण्डले गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रा.डा बुढाथोकीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय भइसकेको छ ।नियुक्ति पत्र तयार गर्ने काम भइरहेकाले सकभर आजै त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा बुढाथोकीलाई दिइने छ । त्रिवि उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापनमा दुई महिलासहित ४३ जनाले उम्मेदवारी दिएका थिए ।

जसमध्ये १४ जनालाई सर्ट लिस्टमा समेटिएको थियो । सर्ट लिस्टमा परेका १४ जनामध्ये अन्तर्वार्ता, प्रस्तुति करणलगायत सबै मापदण्ड पूरा गरेर उच्च अंक प्राप्त गर्ने प्रा.डा चित्रबहादुर बुढाथोकी, प्रा.डा केशरजंग बराल र प्रा.डा टंकनाथ धमलाको नाम सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *