विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
काठमाडौं । मोटरसाइकलले ठक्करले सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करले घाइते बनेकी मोरङको बूढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको सोमबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।
सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर–३ मा उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरीका आशीष श्रेष्ठ सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५