काठमाडौं महानगरमा सङ्कलन जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन

भक्तपुर न्यूज

८ फागुन २०८० ७:२०

काठमाडौं महानगरमा सङ्कलन जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा वडा नं. २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी भएको हो । ५ हजार जनसङ्ख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहरको मात्रा दैनिक औसत ५ सय किलो छ ।

वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले वडा नं. २७ मा फोहर वर्गीकरण गरेर माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको जानकारी दिए । उनका अनुसार सङ्कलित फोहरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागका इञ्जिनीयर सरकारदीप श्रेष्ठले बताए । उनले कुहिने फोहर उपभोक्ता आफैँले मल बनाउने र नकुहिने फोहर बेच्न मिल्नेजति बच्ने गर्न थालेका जानकारी दिए।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *