बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको ‘शाम्बाला’ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

८ फागुन २०८० ७:०२

बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको ‘शाम्बाला’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म ‘शाम्बाला’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म फेब्रअरी २३ मा प्रिमियर हुँदैछ। बर्लिनमा प्रिमियर हुनअघि स्क्रिन इन्टरनेशनल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

मीनबहादुर भाम निर्देशित फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

नेपाली र टिबेटियन भाषामा बनेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो। फिल्मको कथा निर्देशक मीन र अविनाश विक्रम शाहले लेखेका हुन्। यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *