क्यानडाविरुद्ध नेपाल ‘ए’ लाई सागर ढकालले दिलाए पहिलो सफलता

भक्तपुर न्यूज

८ फागुन २०८० ६:१५

क्यानडाविरुद्ध नेपाल ‘ए’ लाई सागर ढकालले दिलाए पहिलो सफलता

काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ लाई पहिलो सफलता स्पिनर सागर ढकालले दिलाएका छन् । उनले ११.३ ओभरमा आरोन जोनसनलाई ३६ रनमा आउट गर्दै नेपाललाई ब्रेकथ्रू दिलाएका हुन् ।

जोनसन एल्बीडब्लू आउट भए । नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल ‘ए’ र क्यानाडा–११ बीचको दोस्रो खेल पनि मुलपानी क्रिकेट ग्राउन्डमा भइरहेको हो । आज नेपाल ‘ए’ को कप्तानी सन्दीप जोराले गरिरहेका छन् ।

दोस्रो खेलमा नेपालले नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, मयन यादव, राशिद खान, किरण ठगुन्ना, बसिर अहमद, सन्दीप जोरा (कप्तान), विवेककुमार यादव, शेर मल्ल, सागर ढकाल, शाहब आलम र रिजन ढकाल ।

बेन्च : विनोद भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, प्रतिश जिसी र सुजन थपलिया ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *