कपिलवस्तुमा टाउको नभएको पुरुषको शव फेला

भक्तपुर न्यूज

७ फागुन २०८० ८:५३

कपिलवस्तुमा टाउको नभएको पुरुषको शव फेला

काठमाडौं । कपिलवस्तुमा टाउको नभएको पुरुषको शव फेला परेको छ। कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँको गहुँखेतको बीचमा रहेको कुलोमा गाडेको अवस्थामा टाउको नभएको शव भेटिएको हो।

कुलोमा गाडेको शवको केही भाग बाहिर निस्केको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी गएर शव उत्खनन् गरेर हेर्दा टाउको बिनाको शव भेटिएको हो। आइतबार राति शव निकालिएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न भागहरु समेत जलेको अवस्थामा भेटिएको छ।

टाउको समेत नभेटिएपछि हत्या गरेर शव लुकाइएको देखिन्छ। घटनास्थलमा तालिमप्राप्त कुकर परिचालन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शवको प्रकृति हेर्दा ३/४ दिनअघि हत्या गरेर गाडेको जस्तो देखिएको कपिलवस्तुका एसपी नवरन्त पौडेलले जानकारी दिए।

शव पोष्टमार्टमका लागि लुम्बिनी अस्पताल पठाइएको छ। शवको पहिचान भइनसकेकाले अनुसन्धानमा अफ्ठ्यारो परेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय