एसीसी महिला प्रिमियर कप क्रिकेटमा सहभागी नेपाली टोली स्वदेश फिर्ता
काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपाली टोली स्वदेश फर्किएको छ। मलेसियामा भएको प्रतियोगितामा सहभागी भएको नेपाली टोली सोमबार नेपाल आइपुगेको हो।
उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत् गरेका थिए । विमानस्थलमा पत्रकारसँगको कुराकानीमा महिला टोलीका प्रशिक्षक मनोज कटुवालले सेमिफाइनलमा घरेलु टोलीसँग दबाब महसुस गरेर खेल्दा पराजित भएको बताए। उनले फिटनेस र फिल्डिङमा ध्यान पुर्याउनुपर्ने बताए।
नेपालले कुल ४ खेल खेल्यो। प्रतियोगितामा रुविना क्षेत्रीले आफ्नो पहिलो शतक बनाइन्। उनले माल्दिभ्सविरुद्धको खेलमा नेपाली महिला क्रिकेटको पहिलो शतक प्रहार गरिन्। सीता रानामगरले भने ह्याट्रिक विकेट लिएकी थिइन्। फाइनल पुगेको भए नेपाली टोलीले एसिया कप खेल्ने थियो।
प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार