नारायणगढ- मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

भक्तपुर न्यूज

७ फागुन २०८० ७:२९

नारायणगढ- मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि अप्रोच बनाउन पहाड काट्ने काम भई रहेको छ ।

उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटर मध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाकी रहेको उनले बताए ।

उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्ष सम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय