चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु
काठमाडौं । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि छतबाट लडेर घाइते भएका थिए ।
उपचारका क्रममा बघौडा अस्पतालमा उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
